सुदुरको कान्छो लोकेश
सुदुरको कान्छो लोकेश

Title Category Gajal
पिडा अन्य आँसु छोपेर हास्न खोज्दै छु म धोका पाएर । अझै जिउँदो लासमा बाच्दै छु म धोका खाएर ।। निस्ठुरी बनेर कस्तो पिडा दियो यो बबैगुनीले । जिवन नै अन्धकार देख्दै छु म धोका पाएर।। हास्नेलाई के था सम्झिने यो मनको पीडा ।। अन्जान धेरै भएछ परिणाम भो धोका पाएर ।। चोटैचोट पाएको भाग्यमा खुशी जति चुडिएछ । चारैतिर यस्तै छाएको देख्दै छु म धोका खाएर ।। अन्जानको गतिले ठेस भोग्दै छु म धोका खाएर । जोवनको मतिले भेस झेल्दै छु म धोका पाएर ।। लोकेन्द्र रावत .सा.न. १३ अछाम हाल. भारत दिल्ली
तिमिसँगको पल माया / प्रेम तिमिसङ्ग मारेका हरबात याद आउनेछ। तिम्रोमेरो पहिलो भेटघाट याद आउनेछ ।। समयले मायाका कुरा गर्नै बिर्सेको हु । हरपल बोलेका यहिबात याद आउनेछ ।। नजारा तिम्रो मुहारमा हरपल हसिलो छ । सुनसान यो चन्द्रमा रात याद आउनेछ ।। संसार नै जिते जस्तो लाग्छ भेटेर आज । जिवन भर यस्तै भेटघाट याद आउनेछ ।। आ-आफ्नै मनका अलग अलग कुरा भए । मायालु मनका यहि हरबात याद आउनेछ ।। हृदयको प्रतिबन्धमा बाध्यता कस्तो थियो । विबस्ताको यस्तै तितोबात याद आउनेछ ।। त्यो खुल्ला आकाशमा चादनि चन्द्रमुहार । घुटघुट त्यो चन्द्रमाको रात याद आउनेछ ।। तिमिसङ्ग मारेका हरबात याद आउनेछ। तिम्रोमेरो पहिलो भेटघाट याद आउनेछ ।। लोकेन्द्र रावत- बाब्ला, अछाम हाल- दिल्ली ,भारत
मनभित्रको आभास उदास अतीत बिर्सेर सधैं हास्ने संसार बनाउछु। न रुइ न हासी मनै गास्ने संसार बनाउछु।। तिम्रो सम्झनाहरुको मौसम आउँदा फर्केर । यहि मौसमलाई प्रेम साच्ने सजार बनाउछु।। मुटुमा चोटहरु अटाउने ठाउँ रित्तिएपछी । अब आफ्नै पिडाहरु मार्ने जहर बनाउछु ।। बिर्सन खोजेपनि झलमल तस्बिर देख्छु । यहि तस्वीर ले आसु रोक्ने नहर बनाउछु ।। हृदय मेरो बिछोडले छिचोल्दै बाचेको छु । बिछोडिएकाहरु सबै भेट्ने संसार बनाउछु।। #लोकेन्द्र रावत-अछाम,नेपाल । हाल-दिल्ली,भारत ।
लिलामी अन्य तिम्रो झुटो मायाले बनायो मेरो जीवन लिलामी । तिम्रो छायाले पनि बनायो मेरो जिवन लिलामी ।। कस्ले बुझ्छन् र त्यो हाम्रो सम्बन्धको कहानी । न नाता जोडियो नसम्बन्ध मेरो जोवन लिलामी ।।