Title Category Gajal
gar उदास तिनका हरेक कदमले गन्तव्य छल्न थाले जब ती कदम कदममा यात्रा बदल्न थाले जो रोकिएन कहिल्यै, त्यो समय रोकिदैन ती रोकिने घडी हुन् जो अस्ति चल्न थाले कोही अचेल अरुका बस्ती जलाउँदैनन् जसले लिए सलाई, ती मैन जल्न थाले बिष पिउनु बाध्यता हो, सोचौं हरेक चोटि बिष रोपिए अगाडि वा बृक्ष फल्न थाले चिन्नेछ भोली कसले को हो असल बिजेता मैले स्वयं मलाई जित्ने पहल नथाले लेखक ज्याेति कुमार लामा
gajal उदास कहाँसम्म पुगिएला यसैगरी खोच्याएर छोट्ट्याउँनु पर्ला बाटो पुग्ने ठाउँ सच्याएर । आवारा झैं भएपछी डुलुवा यो मन बोकी आकाशलाई ओढेको छु धर्तीलाई ओछ्याएर । फाँट बेंसी गाउँघरमा छँदा कती ठुलो थिएँ धेरैमाथी पुगें क्यारे आफुलाई होच्याएर । मन चोर्ने बोल्या छैन, धन चोर्ने चाँही आज साधु बनी बसेको छ कोकोहोलो मच्चाएर । ईश्वरसँग हिँड्यौ भने स्वर्ग पक्कै पुग्छौ होला घर पुग्नु परे हिँड मनुलाई पछ्याएर । लेखक ज्याेति कुमार लामा
गजल उदास कहाँ पुगें र म कहाँ आएँ त्यो याद छैन कैले भेटिएँ कैले हराएँ त्यो याद छैन । बरू गजल कति लेखें गनेर भन्न सक्छु नसोध भोटो कति फटाएँ त्यो याद छैन । अझै भेटिन्छन् मेरो कथा सुन्न खोज्नेहरू मैले ककस्लाई के सुनाएँ त्यो याद छैन । सम्झन्छु तिमीले दिएका थुप्रै बाचाहरू तर कसम भने कति खाएँ त्यो याद छैन । हिसाब त हैन तर याद छ आफ्नो हार, त्यसबेला कस्लाई जिताएँ त्यो याद छैन । ऐना अगाडि उभिँदा सधैं विचार गर्छु जीवनभर केके लुकाएँ त्यो याद छैन । जब लोकले जडित भन्छ सम्झन खोज्छु आखिर दीपक कैले निभाएँ त्यो याद छैन । लेखक ज्याेति कुमार लामा
गजल उदास कसैलाई उचालिरह्यो, कसैलाई पछारिरह्यो । कसैलाई सुधारिरह्यो, कसैलाई बिगारीरह्यो । बढी मेहनती फेदमै छ, अर्को शिखरमा छ, ऊ कमजोरी खोजीरह्यो, उसले सुधारिरह्यो । भाग्य नआएको हुँदै होईन, दैलो ढक्ढक्याउँदै, अभागी हरेक पटक गलत ढोका उघारिरह्यो । कागजको खोस्टो फेरिदैंमा मुटु फेरिन्न रै'छ, उता देश दुख्दा यता, देब्रे पाटो मुसारिरह्यो । सामन्तीले मरिमेटी, सिलाएथ्यो टुक्रा टुक्रा सर्वहारा हाँसी हाँसी, त्यसैलाई उधारिरह्यो । प्युँने चाह हुँदै होईन, झरी छल्न पसेको हुँ, दोष उसकै हो जो मैतिर भरी गिलास सारीरह्यो । लेखक ज्याेति कुमार लामा
गजल उदास कसैको भाग्यमा पीडा कसैको मुस्कान छ अचम्म अनौठो समय यो वर्तमान छ सस्तो छ झगडा, व्यापक छन् विवादहरू दुर्लभ किन्तु समस्याको समाधान छ जङ्गलमा मान्छे सहरमा जनावर पसे बेघर त आजभोलि यहाँ भगवान् छ बेइमानको देखिन्छ वाहवाही जताततै इमान्दारको भने यहाँ अपमान छ संसार स्वर्ग होला भनी नठान अहिल्यै शकुनिहरूको राज अझै विद्यमान छ कलमको दिन पनि आउनेछ जरुर नसोच्नू सधैँ खुकुरी नै बलवान् छ लेखक ज्याेति कुमार लामा
गजल अन्य कम्पन हुन्छ काम छुट्छ आधार झिनो भएपछि । मान्छे कहाँ मान्छे हुन्छ मन अमिलो भएपछि । आगो, पानी, हर्दी, नून सबको मोलतोल गरेकोछु कन्तिको तिहुन चाख्ने बेला अलिनो अलिनो भएपछि । गिलास् बाट पानी खाने बानी साँच्चै हट्दोरैछ भूतपुर्वको यादै यादले ओठ नुनीलो भएपछि । घामले दिने आफ्नै छायाँ हाँस्यो बडो गजबले के गर्नु त ? छायाँ भन्दा बिप्र मसीनो भएपछि लेखक ज्याेति कुमार लामा
गजल अन्य ऐनाहरुको हुनसम्म मानहानी भएको छ; अचेल उ मेरै आँखाको नानी भएको छ जुन दिन देखी हाम्रो मन साटिएथ्यो; जति सम्झाउँछु उति अज्ञानी भएको छ आगोबाट जोगिन सिकाउने उही नै हो; जो जलेर स्वयम् खरानी भएको छ आफैंलाई बेचेर खै के पायौ मैले सोधें; लजाउँदै उस्ले भन्यो आम्दानी भएको छ खै कस्तो फैंसला सुनाउने हो समयले; जिन्दगानी भूलहरुको खानी भएको छ लेखक ज्याेति कुमार लामा
गजल उदास एकै डाली काँडा र फूल कसो गरी बनाउँछ भगवानले बनाउँदा मनपरि बनाउँछ जिन्दगीले दिएको र नपुगेको के नै छ र? यो मनले चाहना पो धेरैथरि बनाउँछ जूनतारा सजिएको आकाश छ कति शीतल उज्यालोमा त्यै आकाशले आगोसरी बनाउँछ नदी सरी दुई जीवन पहाड मैदान नाँघ्दै बग्छ जहाँ निर मिलन हुन्छ त्यैँ भुमरी बनाउँछ आँसुमा त बिलाउँछ विरहको मीठो धून गजलले त "एकतारे" अजम्बरी बनाउँछ लेखक ज्याेति कुमार लामा