Title |
Category |
Gajal |
बदनामीको घुम्टो |
माया / प्रेम |
बदनामीको घुम्टो ओढी जीऊ अब म कसरी
फाटेको यो दिल अझै सिँऊ म कसरी
आफ्नोले नै सम्झे यहाँ किन आज पराई
मन्दिर गए पाईन मैले ईश्वरलाई ।
राजीब नन्दन कर्माचार्य |
लुगा फाटेको भए |
माया / प्रेम |
लुगा फाटेको भए सिउँथे जसो तसो गरी
तर
मन नै फाट्यो धुजा धुजा हुने गरी
भाग्य फाटे सहन्थे म जीवन नै भरी
तर
यहाँ माया नै फाट्यो ह्दय नै टुक्रिने गरी ।
राजीब कर्माचार्य |
कागतीको रस... |
अन्य |
कागतीको रस जस्तो कसैको मन अमिलो नहोस्
कसैको श्रीमति को मति कहिल्यै नबिग्रीयोस रसभरी खान्दा गुलियो रस तितो नहोस् तरुनीको हाउभाउ चाल देखि
महादेवको जस्तो
लोग्ने मानिसको तीन नेत्र कहिले नखुलोस् ! राजीब कर्माचार्य |
होइन उ मेरो... |
अन्य |
होइन उ मेरो...
होईन उ मेरो
थिएन उ मेरो
जो मुस्कुराएर गए
जसले बिष पिलाएर गए
मन्द बिष नश नशमा
देह भरी फिजिरहे
होईन उ मेरो
थिएन उ मेरो
केवल देखावटी मायाका क्षणहरु
अन्धकार बनाएर जीवनका पलहरु
मुटुमा घोचेर गए कांडाका शुलहरु
पलपल दुखि रहन्छ घाउहरु
होइन उ मेरो
थिएन उ मेरो
जीवनका आशाहरु मरी गए
बितेका पलहरु अतित बनेर रहे
भुल्नै नसक्ने यो कस्तो व्यथा
हास्नै नसकी रुनु पर्ने ब्यथा
होइन उ मेरो
थिएन उ मेरो ।
© राजीब नन्दन कर्माचार्य |
मेरो आँसुलाई |
अन्य |
मेरो आँसुलाई मेरो आँखामा सुहाएछ
हाँस्ने रहर थियो सधैभरी
तर आफ्नै भाग्यले रुवाएछ
तिमि हाँसि राख मेरो आँसु हेरेर
तिमि हाँसेकै सुहाउछ
दन्तै लहर खोलेर ।
राजीव नन्दन कर्माचार्य |