Title Category Gajal
Bichood उदास स्वर अनायासै लर्बरायो, तिम्रो प्रेमको बखान गर्दा-गर्दै म मदहोशीमा तिम्रो तस्वीर हेरेर बोल्नै नसक्ने भएछु   मन यसै भक्कानियो, तिम्रो कल्पनामा खेल्दा-खेल्दै म आँखा पुछेर हरेक पल्ट, दिलको ढोका खोल्नै नसक्ने भएछु   बन्द भए भट्टीपसल, साथीहरुले छोडी गएछन् बाटो तिर्मिर्याएर पाईलामा, गन्तव्यमा म पुग्नै नसक्ने भएछु   रात निस्पट अध्यारो भएपछि, शहर मस्त निदाएछ म हिँड्दै गरेको गल्लीमा बर्बराउँदै, सुतनै नसक्ने भएछु   त्यहि रातमा भेट्नेहरुले मरेको ठानेर, तर्सदै हिंडेपछि भूत लखेट्ने कुकुरबाट, म टोक्नै नसक्ने भएछु   भोलिको पहिलो झिसमिसेमा, कक्रिएर ब्युँझेपछि लाज शरमको पोको लुकाई, म भाग्नै नसक्ने भएछु   कसले बुझ्छ मेरो कथा, थर न ठेगाना भएपछि त्यै भट्टीमा भोलिबाट, म एक्लै मात्र नबिक्ने भएछु   बिहानी भो, दिन आयो, दिन गयो फेरी रात आएछ त्यही रातमा फेरी म तिमीबिना बाँच्नै नसक्ने भएछु