आमाको सम्झनामा समर्पित (दशैं विशेष) |
माया / प्रेम |
यो साल पनि मैले बिदा पाउने भइन आमा ।
दशैं अनि तिहारमा आउने भइन आमा ।।
घर, कयनपाटा, कोल्टाँडा हुँदै मामा घर ।
रातो टिका जमरानी लाउने भइन आमा ।।
दशैं अनि तिहारमा आउने भइन आमा ।।
सङ्गीसाथी जम्मा भई सदा झैं तिहारमा ।
सँगै देउसीभैलो पनि गाउने भइन आमा ।।
रातो टिका जमरानी लाउने भइन आमा ।।
मरुभूमिको तातो घामले भतभत पोलेपछि ।
पहिले जस्तो हट्टाकट्टा आउने भइन आमा ।।
खुसी ल्याई सबै माझ छाउने भइन आमा ।।
कल्पितभई कोमल मन अनायासै छटपटिँदा ।
पाइला चाल्न कसैको साथ पाउने भइन आमा ।।
पहिले जस्तो हट्टाकट्टा आउने भइन आमा ।।
यो साल पनि मैले बिदा पाउने भइन आमा ।
दशैं अनि तिहारमा आउने भइन आमा ।। |