Title |
Category |
Gajal |
Broken Heart |
धोका |
गजल
माग्दैछु म दुई थोपा जहर तिमीसँग
तरिदैन भो प्रेमको नहर तिमीसँग
मलाई हेर्ने आँखाले अरु नै हेर्दी रै छौ
बेकारमा जुधाएछु यि नजर तिमीसँग
भित्री हृदयदेखि चाहदिनौँ भने मलाई
सम्पन्न हुदैन मायाको शहर तिमीसँग
जहाँ थिए त्यस्तै हालतमा छाडि देउ
जिबन काट्ने छैन रहर तिमीसँग
ɢֆ ǟɖɦɨӄǟʀɨ
ɮʀօӄɛռ ɦɛǟʀT |
माया |
अन्य |
चोखो पिरती लाउँला पिरै नगर
दुःख बाँडेर जिउँला पिरै नगर
तिमी सजिएर बस्नु दुलही बनी
म जन्ती सँग आउँला पिरै नगर |
परदेशीको जिन्दगी |
अन्य |
गजल
जस्तो ठाने नि सकुशल खबर हुन्न परदेशीको
सधै मरिमरी बाँच्ने कुनै रहर हुन्न परदेशीको
बोकेर यो काँधमा झोला मातृभूमि छोडेपछि
राम्रो खाने,राम्रोसँग बस्ने घर हुन्न परदेशीको
पसिनासँगै त्यो प्रचण्ड गर्मीमा लड्दा लड्दै
आज हो कि भोलि मर्ने भर हुन्न परदेशीको
पिडाहरु मनको,मनसँग भित्र गुम्स्याएर बस्दा
मुहारमा हाँसो खुसीको लहर हुन्न परदेशीको
घनश्याम अधिकारी
स्वर्गद्वारी नगरपालिका ८ बर्जिवाङ् प्युठान
हाल:-बिरानो मुलुक चेन्नै*भारत* |