Title Category Gajal
माया माया / प्रेम तिनका हरेक कदमले गन्तव्य छल्न थाले जब ती कदम कदममा यात्रा बदल्न थाले जो रोकिएन कहिल्यै, त्यो समय रोकिदैन ती रोकिने घडी हुन् जो अस्ति चल्न थाले कोही अचेल अरुका बस्ती जलाउँदैनन् जसले लिए सलाई, ती मैन जल्न थाले बिष पिउनु बाध्यता हो, सोचौं हरेक चोटि बिष रोपिए अगाडि वा बृक्ष फल्न थाले चिन्नेछ भोली कसले को हो असल बिजेता मैले स्वयं मलाई जित्ने पहल नथाले copy by प्रबिन सिंह ठकुरी& किरण शाही दैलेख
माया माया / प्रेम आँसु झारी रुनेलाई हसाउँन सक्ने भा”छु हो अचेल जिन्दगीलाई हिडाउँन सक्ने भा”छु हरेक दिन कानुनको शीरै टेकी जानेहरु प्रतिकारमा बिचारहरु उठाउन सक्ने भा’छु मायाले नै पत्थर पनि पग्लिएको हुनुपर्छ त्यसैले त काँडासँग रमाउन सक्ने भा”छु आऊ मेरो बगैचामा फूलै फूलले स्वागत गर्छु मरुभूमि भित्र फूल फुलाउन सक्ने भा”छु आए पछी मेरो केही गजलहरु सुनी जानु पैले भन्दा ऐले धेरै सुनाउन सक्ने भा”छु