Title | Category | Gajal |
---|---|---|
मुक्तक | अन्य | मुक्तक कि त अनुमानले चलाउँछ मेरो देश । कि त हनुमानले चलाउँछ मेरो देश ।। रिसराग छोडेर बुद्धिविवेक सहित । खै कहिले स्वाभिमानले चलाउँछ मेरो देश ।। कहिले टाउकाको मोल तोक्नेहरू देखियो । कहिले आफै गह्नाएर बोक्नेहरु देखियो ।। जे बोले नि भैहाल्यो, पुर्याउन नपरेपछि । धरातल बिर्सेर थरीथरी खोक्नेहरू देखियो ।। नकराऊ न, केही दिन चरेर जान्छु । तुईनको ठाउँमा पुल तरेर जान्छु ।। सरुवा, बढुवा, एकरदुई अर्ब बाँडि । खासखास मान्छे नियुक्ति गरेर जान्छु ।। |