Title Category Gajal
आफ्नो मान्छे अन्य कथा: आत्महत्या चिसो मौसम थियो । बिहान को समय झन् कुइरो लागेर वातावरण नै धुम्म परिरहेको थियो । म पशुपति आर्यघाट तर्फ जाने बाटो को हिमायल बैक को एटिएम् अगाडि को बाटो बाट हिडिरहेको थिए । अगाडि शववाहन आफ्नो आपतकालिन बत्ति पिलिक् पिलिक् बालिरहेको थियो । मान्छेहरु कोहि थिएनन् । नियालेर हेर्छु भित्र एउटा लास आगो को प्रतीक्षा गरिरहेको छ । बागमती पार गर्दै मृगस्थलि पट्टि लाग्छु । खुट्किला चढ्दै गएपछि मन्द आवाज कानमा गुन्जिन्छ । " ए हजुर म आखा देख्दिन मर्न पनि सकिन , बाच्न झनै गारो भो सहयोग गरिदिनुस् " सहयोग गरिदिनुस सहयोग गरिदिनुस् आवाज र मान्छे ठुलो हुँदै जान्छ अनि अोझेल पर्छ मेरो हिडाइ ले । ती महिला लाई देखेको करिब दस वर्ष हुन लाग्यो । मलाइ थाहा छैन उन्को उमेर कति हो । सायद मेरै उमेर को हुनुपर्दछ ।दस वर्ष अगि र अहिले कत्ति फरक छैनिन् ।उन्को त्यो पहिला कै बाच्ने अठोट अझै पनि उत्तिनै जिवित छ जति पहिला थियो । वाह् क्या अठोट उन्को .... मनमनै सोच्छु । . . विचित्रको हस्तकला राखिएको मन्दिर अगाडि पुग्दा देख्छु त्यो शव वाहन पहिलाकै अवस्थामा छ । नजिकै कोहि छैनन् । एउटा मान्छे अरुमान्छे लाई गाडितिर अौला देखाउदै परैबाट भन्छ हतार भैसक्यो हस्पिटल का मान्छेले कति अबेर गरेका होलान् । बडो उत्सुकता पुर्वक त्यो मान्छेलाइ सोध्छु त्यो ड्राइभर रहेछ । दाइ यो मान्छेको कोहि आएनन् ? हतारितो व्यवहार देखाउदै उ बोल्छ खोइ भाइ खवर त गरेको हो । आत्महत्या भनेर परिवार ले नि मतलब गरेन । मतलब गरेन ? मेरो मनमनै प्रश्न उब्जिन्छ । अलिपर जान्छु फेरि फर्कन्छु । टाडै बाट नियाल्छु । कायरहरु ले मात्र आत्महत्या गर्छन् रे सब यसै भन्छन् ।मलाइ प्रश्न गर्न मन छ आत्महत्या लाई कायरता सँग दाज्ने हरुलाइ तिमी मा तेति आट र हिम्मत छ भने गरेर देखाउ न । सक्छौ?? सक्दिन म यो प्रश्न गर्न उनिहरुलाइ । हस्पिटल का मान्छेहरु आउछन् । स्टेचर ल्याइन्छ लास लाई झिकिन्छ अनि ब्रह्मनाल तिर दौडाइन्छ । म पछि पछि उनिहरुलाइ नियल्दै हिड्छु । बागमति को पानि ले खुट्टा धोइन्छ । हतार हतार झलाउने घाट तर्फ लगाइन्छ । बागमति को पारि पट्टि राममन्दिर को ठिक तल म उब्बेर यी सब हेरिरहन्छु । कपडा च्यातिन्छ । दाउरा चढाइन्छ अनि बालिन्छ । आत्महत्या गर्ने नामर्द हुन् भन्ने हरु फेरि मेरो नजरमा गलत साबित हुन्छन् । किनकि त्यो लास को लिङ्ग परिवर्तन भएको थिएन । विछट्टै राम्रि एउटा नर्स बलिरहेको लास को नजिकै देख्छु । उन्को वक्षस्थल वाहिरको लुगा मा उस्को नाम अंकित ब्याच जस्तै केही टासिएको थियो । टाढै भएको कारण प्रस्ट देखिदैन तर त्यो नाम हेर्न मेरो मन उत्सुक हुन्छ । त्यो बलिरहेको लास को पहिचान गर्नका लागिनै भएपनि ऊ सँग म परिचित हुनु पर्छ । छिट्टो छिट्टो पाइला सार्दै घाट नम्बर तीन को नजिकै पुग्छु । टाढा बाट देखिएको उस्को रुप भन्दा भिन्न तर झन् उत्पात सुन्दर देख्छु उस्लाइ । मिस् कोमल लेखिएको त्यो ब्याच पढेर सोच्छु नाम जस्तै त कोमल होलिन् नि ऊनि । घाटे वाहुन लाई तेसपछि को जिम्मा दिदै उनिहरु को टोलि निस्किन्छन् । नाम ले मात्र कसरी पत्ता लगाउनु ? पछि पछि लागे उनिहरुको । हस्पिटल को नाम अंकित एम्बुलेन्स देखेपछि शरिर ले चैन को सास फेर्यो । अब त म उसँग परिचय गरेर त्यो लावारिस लास पहिचान गर्न सामर्थ हुनेछु होला .... . . "हजुर भन्नुस् न " भन्ने उस्को प्रतिउत्तर आए पछि मैले सोधे आत्महत्या लाई तपाईं कसरी लिनु हुन्छ? लौ कस्तो प्रश्न हो ? च्याठ्ठि दै उस्ले प्रश्न गरि अस्तिनै तपैलाइ मैले आर्यघाटमा देखेको थिए । ऊ को हो जस्ले आत्महत्या गर्यो यहि जिज्ञासा मेट्न म तपैको जिन्दगी छिर्न विवस भए । मलाइ माफ गरिदिनुस् । मैले भने आत्महत्या गर्ने प्रत्येक मानिस तपाईं जस्तै विवश भएर मृत्यु को नजिक हुन् पुग्छन् ।साहित्यिक उत्तर दिन्छे ऊ मलाइ चित्त बुझ्दैन । ऊ को हो भनेर दोहोराएर प्रश्न तेर्साउदै म्यासेज पठाउछु । म कसरी भनौ हजुरलाइ म्यासेजमा उस्को परिस्थिति । कसरी बुझाउ म सायद मैले उस्को बारेमा बुझाउदा तपाइले नबुझेर उस्लाइ नै गलत भनिदिनु भो भने म गलत हुनेछु । म सक्दिन हजुर सक्दिन । मैले अठोट गरिसकेको थिए अब त जसरि नि बुझ्छु । मर्ने व्यक्ति मानौ मेरो भाइ हो र म बुज्न चाहान्छु यसरी नै आसक्त भैदिए उस्को निम्ति त्यो नर्स को अगाडि । उस्ले वाध्य हुँदै भनि ल ठिक छ भोलि मेरो बिदा छ म तपाईं लाई आर्यघाट मै भेट्छु । आर्यघाट मै किन ? मैले प्रश्न गरे नगर्नु पर्ने । उस्ले भनि किन त्यो भन्दा उपयुक्त ठाउ अरु छ र ? म मौन ... अनि कुराकानि टुङ्गाएर म भोलि को प्रतीक्षा गरिरहे ..... #तस्विर_केवल_आकर्षण_को_लागि_मात्र_हो प्रतिकृया दिनु होला अलि लामो भएकाले सबै लेख्न सकिन । अन्तिम भाग पनि पोस्ट गर्नेछु ।
जीवन माया / प्रेम तिमी कहाँको मान्छे अनि म कहाँको मान्छे सायद संयोग नै हुनुपर्छ कस्तो मोडमा हाम्रो भेट भयो है । आज यो एप मार्फत मैले आफ्ना मनमा लुकेर रहेका कुराहरू बाहिर खोल्न पाए, आज म धेरै नै खुसी छु कि तिमी जस्तो साथीको साथ पाए । भन्छन नि जिन्दगी त नदिको पानी जस्तै हो, जबसम्म गन्तव्य भेटिदैन सधै नरोकिएर बगिरहन्छ । यो बिचमा कयौ सँगको मिठो मिलन हुन्छ भने कयौसँग नचाहेर पनि छुट्टिनुपर्ने हुन्छ, समयले जिन्दगीका हरेक पलहरू बदलिरहेको हुन्छ । थाहा थिएन, मेरो जिन्दगीमा कोही मान्छे यत्ती धेरै अनमोल बन्छ भनेर सायद माया भन्ने शब्द जसले शिर्जना गरेको थियो नि धेरै मेहेनतले सुन्दर बनाएको थियो होला । त्यसैले त मायाले एउटा यो संसार छोडेर जान लागेको मान्छेलाई पनि रूवाउँछ, सायद आफन्तको मायाले नै त होला नि है । बिचित्रको छ यो दुनिँया, जुन मान्छे जिन्दगीमा जति अनमोल बन्छ त्यती नै टाढा पनि हुन्छ तर बिताएका ति पलहरू सधै सम्झना बनेर झल्किरहन्छन । सायद म आफुलार्इ भाग्यमानी भनु कि जसकारण तिमीसँग मिठो माया गास्न पाए । जिन्दगीका केही पलहरू मात्र भएपनि तिमीसँग बिताएका पलहरू अनमोल बनेर रहे । सायद मिलन – बिछोड, सुख – दुख, यहि नै प्रेम र जिन्दगी रहेछ होला । जिवनसाथी नभएपनि एउटा असल साथी त बन्न पाए, त्यसैमा पनि धेरै खुसी छु । जसलाई जति चाह्यो एकदिन त्यो त्यती नै टाढा हुदो रहेछ । तर पनि तिमी जहाँ जस्तोसुकै भएपनि हाँसी, खुसी रहनु ति अनमोल पलहरू यो मुटूमा सधै नै गाढा बनेर रहनेछन ।