तिमी बाँचिरहनु |
अन्य |
यहाँ मेरा मलामीहरु कति हुन्छन् हेर्नु तिमी बाँचिरहनु ।
निदाएको मौका छाेपी मेरो घाँटी सेर्नु तिमी बाँचिरहनु ।
राम्रो बाेल्दाबाेल्दै पनि तिमीलाई दुरवचन हुन्छ भने,
मिठा बाेल्नेहरुकाे माझ अाफुलाई घेर्नु तिमी बाँचिरहनु ।
म हुने छैन तिम्रो जीवनकाे स्वतन्त्र संसारमा,
मन परेको मान्छेलाई अंगालोमा वेर्नु तिमी बाँचिरहनु ।
किन पाेलीरहेछ खै मेरो मायाले तिमी अाफै जान,
यो छातिकाे तिम्रो मायाकाे धब्बा केर्नु तिमी बाँचिरहनु ।
अब बिल्कुल तिम्रो जिन्दगीमा तगारो बन्दै बन्दैन,
पिजडाबाट उम्किएर नयाँ जुनी फेर्नू तिमी बाँचिरहनु ।
बि पि खनाल बुद्धि
लम्की कैलाली |