Title Category Gajal
सुन्यता माया / प्रेम सुन्यता मा हराएको छु, जीवन शून्य छ सुन्यता मै आउने तिम्रो, याद धन्य छ याद हरु मात्र पठाउछौ किन हो कुन्नी? तिम्रो बाटो हेरि रोएको पल नगन्य छ !
दोधार अन्य दोधारमा पारी गयौ माया लाउछु भनेर जस्तै भएपनी तिमिलाइ मन पराउछु भनेर गल्ती हुन्छ मानिस बाटै बिर्सिएर होला खोला बढ्यो भन्यौ बर्खा नलागी वारि धाउछु भनेर
मुक्तक माया / प्रेम आउ अझ नजिक सर मेरै लागि बनेकी हौ भने अलि ठुलै स्वरले भन लभ यु डार्लिङ भनेकी हौ भने हराउन मन लाग्यो मलाई मायाको त्यो खाल्डो मा अझ गहिरो बनाउ पृय मेरै लागि खनेकी हौ भने
मिसाइदेउ माया थोरै जहरमा अन्य भैगो अब आउदिन म, तिम्रो सहर मा मुटु मैले जलाएकै हो, आफ्नै रहर मा दिनभर त कस्सम तिम्रै, कल्पना मा हुन्छु रातमा पनि तिम्रै नाम चिच्याउछु, हरेक प्रहर मा बेहुलो बनाउने धोको मलाइ, मेरि आमाको बुहारि बन्ने तिमी नै हो भन्थिन, मेरो घर मा जिउने मर्ने टुङ्गो नै अब, कति नै रह्यो र मिसाइदेउ तिम्रो माया अब, थोरै जहर मा