Title Category Gajal
सबै याद तिम्रा गजल बन्न थाले माया / प्रेम सबै याद तिम्रा गजल बन्न थाले! रसाएर आखा सजल बन्न थाले! म ठोसै थिए किन्तु कर्के नजर्को निशाना बनायौ तरल बन्न थाले । अधिक कर्मचारी र नेताहरु नै भए भ्रष्ट यिन्कै महल बन्न थाले! युगै आज आयो अधर्मीहरुको फटाहा र गुण्डा सफल बन्न थाले! छ लीला गजब हेर यी सुन्दरीको सबै वस्त्र त्यागी असल बन्न थाले !। छ्न्द:- भुजङ्गप्रयात