Title | Category | Gajal |
---|---|---|
Aakash xettri | बिछोड | अतीत बिर्सेर सधैं हास्ने संसार बनाउछु। न रुइ न हासी मनै गास्ने संसार बनाउछु।। तिम्रो सम्झनाहरुको मौसम आउँदा फर्केर । यहि मौसमलाई प्रेम साच्ने सजार बनाउछु।। मुटुमा चोटहरु अटाउने ठाउँ रित्तिएपछी । अब आफ्नै पिडाहरु मार्ने जहर बनाउछु ।। बिर्सन खोजेपनि झलमल तस्बिर देख्छु । यहि तस्वीर ले आसु रोक्ने नहर बनाउछु ।। हृदय मेरो बिछोडले छिचोल्दै बाचेको छु । बिछोडिएकाहरु सबै भेट्ने संसार बनाउछु।। हाल सिङगापुर |