Title | Category | Gajal |
---|---|---|
पश्चाताप | उदास | गजल जिन्दगीमा निकै ठूलो भुल भएथ्यो/ जब संगै बाच्ने संगै मर्ने कबुल भएथ्यो// अनगिन्ती सफरहरु संगै गरे ता पनि/ लाग्दैछ त्यो बेकार र फजुल भएथ्यो// म अन्धो र बहिरो हुदा तिम्रो प्रेम मा/ तिम्रो काडारुपी वचन पनि फूल भएथ्यो// क्षण भर को त्यो तिम्रो मायामा परेर/ लाग्छ मेरा सबै खुसिहरु असुल भएथ्यो// जिन्दगीमा निकै ठूलो भुल भएथ्यो/ जब संगै बाच्ने संगै मर्ने कबुल भएथ्यो// राज अधिकारी सारी ६ प्युठान नेपाल हाल : दक्षिण भारत केरला |