Title | Category | Gajal |
---|---|---|
छन्दमा गजल | उदास | छन्द = जुनाम सूत्र = ISI SIS ISI ISI SS गण = ज र ज ज गु.गु. विश्राम = आठौं अक्षरमा फलाम जिन्दगी न हो / छ खिया अनौठो न जात भात भन्छ यो ,रुपिया अनौठो ! म फूल दिन्छु जून पो /झन माग्छ उस्ले उहीँ छ काम ती कफी र चिया अनौठो सयौं छ चाहना सयौं छ यहाँ बहाना तुफान लाग्छ प्यार झैँ प्रक्रिया अनौठो कयौं नयाँ कयौं उहीँ छ यहाँ जमाना अचम्म अाज बन्चरो हँसिया अनौठो नयाँ म शब्द जोतुला कविता कथामा नयाँ इनाम छन् यहाँ `हलिया ´अनौठो मोहन तरामु मगर गुल्मी नेपाल |
गजल | धोका | कुमारी छु भन्थ्यौ , जवानी हुँ भन्थ्यौ कुरेको छु भन्थ्यौ , बिहानी हुँ भन्थ्यौ हिजो आज बेग्लै , छ संसार तिम्रो उबेला तिमीले , म सानी हुँ भन्थ्यौ बनायौँ नशामा , सधैं देह भूल्ने तिमी हौं कुवा त्यो , म पानी हुँ भन्थ्यौ यहाँ जिन्दगानी ,भयो घाम पानी ! कहाँ ती गए नाम् ,फलानी हुँ भन्थ्यौ ? उ भाडाकुडी नै , बनायो मलाई तिमी हौं न राजा , म रानी हुँ भन्थ्यौ ! बहर = मुतकारिब रूक्न = १२२ १२२ /१२२ १२२ विश्राम = छैठौं अक्षरमा |