Ghayal Raj

पिडा


कैले आशँु परेलीमा. ठोक्किएर बिलाउँछ
कैले आशँु बलेसीमा पोखिएर बिलाउछ

मध्यरातको सन्नटामा यो घडीको सुई सँगै
तिम्रो अभाव कलेजीमा रोपिएर बिलाउँछ

यी आँखाका नानीभित्र ज्योती पुञ्ज जल्न खोज्दा
मेरो जुन अधेरीमा मोडिएर बिलाउँछ

तिर्खाएका आत्माहरु बगरमा हिड्दा हिड्दै
लाखौ जिबन खडेरी छोपिएर बिलाउँछ

पिडाको यो आँगो यस्तो बलेको छ छातीभरी
तिम्रो याद अगेनीमा होमिएर बिलाउँछ

एक राज क्षेत्रि
सल्यान

#अन्य