बिगतकोपलमा जिउनेआधार
गोकुल बोहरा बझाङ
गजल
भाग्य लेख्ने बिधाताले नारी तिमीलाई ठग्दो रैछ
तिम्रो हासो खुसीहरू आसूसंग बग्दो रैछ
सिन्दुर पोते धागो संगै हातको चूरा फूटाउदा
समाजले बिदूवा भनि तिम्रो खूसि लग्दो रैछ
सानो दुखाइमा आसूझार्ने कोमल हृदयकी
नारी तिम्रो आँखामा आँसुको ताल सग्दो रैछ
एकातिर सबको हेला अर्कातिर आफ्नै पिडा
बिदूवाको छापले तिम्रो मूटू सधै डग्दो रैछ