प्रवासी दिपक
दिपक प्रवासी
त्यो विगत ,ति दिन कति सम्झिन्छौं।।
बिर्सनलाई पर्छ कठिन कति सम्झिन्छौं।।
म झरे सुकी सके तिम्रो त्यो डाली बाट,
हाँसि बाच जिवन नवीन कति सम्झिन्छौं।।
मान म मरेको हुँ आँखै अघि प्रिय तिम्रो,
स्वीकार गर गरि,यकीन कति सम्झिन्छौं।।
जो तिम्रो हुँदैहैन,आफ्नो कहिल्यै सम्झिएन,
बनाई मुहार सधै मलिन कति सम्झिन्छौं।।
रंग उडेको सुकेको फूल शिरमा सुहाउँदैन,
एकादेशको मुहार रंगीन कति सम्झिन्छौं।।