Ramesh Devkota
२५-जीवन यहाँ सधै अभावमा किन?
जीवन यहाँ सधै अभावमा किन?
बित्नेगर्छ कसैको दबाबमा किन?
भट्टि र जुवाघर धाउन थालेपछि,
अल्झिरहन्थ्याे उ किताबमा किन?
धेरै समय बितेपछि महसुस गर्छ,
बित्दैछ मेराे समय खराबमा किन?
जति मिलाए नि बिग्रिमात्र रहन्छ,
सुत्र नै नमिल्ने याे हिसाबमा किन?
परमेश्वरले जात छुड्याउनु भएन,
तर मान्छे रहन्छ भेदभावमा किन?