Ramesh Devkota

२४-यस्तो गल्ती गरे


माफ गर प्यारी मलाई मैले यस्तो गल्ती गरे!
खुशी हाेइन तिम्रो अाँखामा अाज अाँशु भरे!!

हर समय साथ दिन्छु अाउ जिन्दगीमा भने,
तर साथ हाेइन मैले तिम्रो चाेखाे जीवन हरे!

माया प्रेमका कुरा गर्थें बगैंचामा बिज छर्ने,
विश्वासको बिज हैन अविश्वासकाे बिज छरे!

सँगसँगै गर्छु भन्थे जिन्दगीको हरेक यात्रा,
बिचल्लीमा पारि तिमीलाई खाेली एक्लै तरे!

तिम्रो मन दुखाउनु पर्ने कारण के नै थियाे र,
गल्ती गरे थाहा भयाे अनि पश्चात्तापमा परे!

माफ गर प्यारी मलाई मैले यस्तो गल्ती गरे!
खुशी हाेइन तिम्रो अाँखामा अाज अाँशु भरे!!

#अन्य