Ramesh Devkota
6-साथी काम कस्तो छ?
साथी काम कस्तो छ कतिसम्म कमाउछाै!
खर्च कति गर्छाै अनि कतिसम्म बचाउछाै!!
साहु भन्छन् धेरै भयाे व्याज नपठाएको,
भन सावाँ सहित व्याज कहिले पठाउछाै!
घरबारी छ धिताेमा हैन के गर्न खाेजेकाे,
खर्च समेत पठाउदै नाै कि उतै उडाउछाै!
डर अनि शंका ,लाग्छ मन धेरै अातिन्छ,
यता जीवन पिडामा तिमी उता रमाउछाै!
धेरै भयो तिमी गएकाे नि घर फर्किदैनाै,
परिवार सबै बिर्सिएछाै कि उतै हराउछाै!