Ramesh Devkota
5-दशै कि दशा
हल्ला सुन्छु अाज चारैतिर दशै अायाे रे!
घर घरमा खुशी सँगसँगै उमंग ल्यायाे रे!!
विचरा ती माने दाईकाे कान्छा छाेराले,
खेतकाे डिलमा बसि दुखि गित गायाे रे!
सालै पिच्छे अाउदा उपहार दिन्छ भन्छ,
यसपालि त झनै उपहारमा अासु पायाे रे!
भत्केका ती घरका चारै कुना रङ्गाउनलाई,
अाफ्नै गाउँको रङ्गिन गाेबर माटाे लायाे रे!
पानी पर्दा चुहिन्थे ती घरका छाना दररर,
खाई नखाई यसपाली त उसले छायाे रे!
वल्लाे घर पल्लो घरमा मिठा परिकार छ,
ठुलाे भाईले अाँसु झार्दै खाेले,सिस्नु खायाे रे!!