Ramesh Devkota
4-बिचार गर है
बिचार गर है कुलतमा सबै फस्ने मित्रहरू!
अाफ्नाे जीवन अाफैले यहाँ डस्ने मित्रहरू!!
किन दाैडिरहन्छाै अशान्तिको पछि तिमी,
पापकाे जंजालमा लुसुक्क पस्ने मित्रहरू!
अाफैलाई धाेका दिन्छाै है अन्धविश्वासमा,
झुठो कसमकाे भरमा चिप्लो घस्ने मित्रहरू!
सुसमाचार छ ख्रीष्टको तिमीहरूको लागि,
निराश हुदै अन्धकारमा अझै बस्ने मित्रहरू!
तयार छ है परिवर्तित जीवनका पाइलाहरु,
नयाँ गाेरेटाेमा हिड्न कम्मर कस्ने मित्रहरू!