Ramesh Devkota
2-रमेश इसाई कसरी भयाे
एउटै घरकाे सन्तान हाे ऊ पराई कसरी भयाे!
हिमाल,पहाड एक अाँगन तराई कसरी भयाे!!
गर्व लाग्छ सधै मलाई नेपाली हु भन्न पाउदा,
काेहि बराल काेहि विक ऊ राई कसरी भयाे!
कामकाे भरमा जातीय भेदभाव किन गर्छौ,
कहिल्यै साेचेकाछाै के ऊ कसाई कसरी भयाे!
अानन्द छ अाज देशका ती ठुला हाकिमलाई,
साेच्ने गर्छु परदेशमा हाम्रो बसाई कसरी भयाे!
यस्तो,उस्ताे नबुझी हेर अाराेप नलगाउ मलाई,
बाइबल पढ बुझ्नेछाै रमेश इसाई कसरी भयाे!
एउटै घरकाे सन्तान हाे ऊ पराई कसरी भयाे!
हिमाल,पहाड एक अाँगन तराई कसरी भयाे!!
#परिवर्तित_जीवनका_पाइलाहरु