Ramesh Devkota
1-प्रेरणा
संघर्ष गर्नुपर्छ जिन्दगीमा हेर कहिल्यै हार्नु हुदैन!
अाफु बाच्नकाे निम्ति कसैको अात्मा मार्नु हुदैन!!
प्रेरणा दिनु पर्छ है सबैलाई जिन्दगीमा केही गर्ने,
असफलताको फाइदा उठाई अलपत्र पार्नु हुदैन!
धेरै दुख गरेर कसैको यहाँ केही बन्ने साेच हुन्छ,
अाज भाेलि भन्दै अब समय त्यतिकै टार्नु हुदैन!
लामाे समयकाे कडा परिश्रम अगाडि उ बढ्दैछ,
पुन प्रयास भनी कसैलाई छाँगाबाट झार्नु हुदैन!
रहरले हाेईन चेली त यहाँ बाध्यताले श्रमिक छन,
कामकाे लालच देखाएर चेली समुन्द्र तार्नु हुदैन!
संघर्ष गर्नुपर्छ जिन्दगीमा हेर कहिल्यै हार्नु हुदैन!
अाफु बाच्नकाे निम्ति कसैको अात्मा मार्नु हुदैन!!