Xetrry Ko Xora Moh

थाहा नै भएन


कहिले उ सङ्ग मेरो मन मुटु साटेको थाहा नै भएन
आफ्नै बनेर टुक्राटुक्रा पारि काटेको थाहा नै भएन
मैले त उसलाई आफुभन्दा नि धेरै बिश्वास गरे थे
मेरै मनको आगन बनाइ नाचेको थाहा नै भएन
कहिले देखि सिके छु खै मैले एक्लै बाच्न
आज आधा जिन्दगी काटेको थाहा नै भएन
म त सधै अरुलाइ टालेर हिन्थे धर्मको लागि
अहिले आफ्नै अस्तित्व फाटेको थाहा नै भएन
मान्छे अनुहार हेरेर चिनिन्छ रे जिन्दगीमा तर
उसले मलाई बार बार ढाटेको नि थाहा नै भएन ।।

@ नबिन!! हाल नेपाल्गन्ज बाके नेपाल

#बिछोड