Saiman Iz ßack
ऑशु झरिदिन्छ
अनायसै आंखाबाट आंशु बगिदिन्छ
कलेजीमा सम्झनाको छुरा धसिदिन्छ ।
जति खोज्छु भुल्न म कटाक्ष उसको मुस्कानलाई
रिदयभरी उटुसमुटुस झन संस्मरण भइदिन्छ ।
धेरै भयो रोएको भो अब रून्न
हाॅस्न खोज्दा ऑशुले परेली भिजिदिन्छ ।
जिएर धेरै होला बाॅच्ने इच्छा छैन मलाई
बाॅच्नै इच्छा नभएरै मर्ने तृष्णा जागिदिन्छ ।
जब पिडाहरुको सिकार मुटु भएपछि
असंख्यौॅ छुराको प्रहार मुटुमाझ गढिदिन्छ ।।
# गजलकार:-SuZzanE BskaRmA