प्रकाश बाबू चन्द जिज्ञासु

मानव अधिकार


जति गरे पनि जीवनमै सुखद पल अाएन
अाजसम्म मेरो हृदयमा ढाँट छल अाएन

भन्नुस् नेताजी नेपाल स्वतन्त्र मुलुक नै हो
अनि म भोट दिन्छु भनेको कुनै दल अाएन

मानव अधिकार भाषणमा मात्र सुनिन्छ नि
दिउँसै गोली चल्दा खै त सुरक्षा बल अाएन

मरेपछि माया देखाउने यहाँ पुरानै चलन छ
बाँचुञ्जेल कुनै दिन एक थोपा जल अाएन

हार जीत हुन्छ भनेरै त चुनाव गरेको होला
जस्ले जीते पनि एेलेसम्म मीठो फल अाएन

प्रकाश बाबू चन्द।

#उदास