Jwala Mainali

माया प्रिती गासिदिनु


देखेउ भने झट कतै
दिल खोलेर हासिदिनु
आफ्नै दिलको रानी सम्झी
माया पिरती गासिदिनु

भन्ने ले त के के भन्लान
नसुने झै गरिदिनु
पिरतिको अनेक रङले
सिउदो मेरो भरिदिनु

तिम्ले हुन्छ भने प्रिय
हामी दुइको घरबार हुन्छ
चाहिदैन ठुला महल
झुपडी नि दरबार हुन्छ।

#माया / प्रेम