Prakrity Dhimal

- र्‍याप


जवानी हुँदा सम्म पर- पर भागिस
आफ्नो बनाउन खोज्दा अरुसंग लागिस
राम्रोसँग बोल्न थाल्यो कि झन् रिसाउने
जब बुढी भईश अहिले घरबार मागिस ।,,

स्वीकार दिन तलाई म बुढी गाई भइस
सबैको आँखा बाट तल गिरि खेर गइस
त संग जवानी नै के छ र, नकचरी मरि
चाहियेको छैन अब मलाई उतैजा उतैजा ……

राम्रो लाउन खान दिन्छु भन्दा मानिनस
माया गर्छु सत्ते खान्छु भनेकैथे तैंले जानिनस
देउ- देउता पाथीभरा माई भाके कैथें ,
त्यो पनि तोडि भागिस मेरो छेउमा नआइजा
जहाँ जानू छ जा…… उतैजा उतैजा …… ।,,

गधाको खोपडी नदेखा मेरो सामु जाइजा
धोका दिने माया मारी रुदै फर्की भागिजा
भो भो… भो ! चाहिएको छैन बुढी लास
सुख बेचिस दुख दिन न आइजा …… जाइजा
भागिजा…भागिजा ! उतैजा उतै उतैजा …… ।,,
***
दिनाङ २०७६ जेठ् २१ मंगलबार 0462019.

#अन्य