Prakrity Dhimal
१८. एक कविता
-फुल जस्तै छ जीवन
जीवन संघर्ष रैछ गर्न सिकौ
बाँबारी जस्तै सुवास छर्न सिकौ
तिमीले लाखौं चोट सहेर पनि
जस्तै काँडा बीच रंग भर्न सिकौ ।
जीवन ई निश्चल पानी होइन
सुखको मात्र जिन्दगानी होइन
बाँचुन्जेल प्रतिघात भैं रहन्छ
धैर्य सहन्शिल अन्जानी होइन ।
काँडा बीच फुल्दछ फुल रमाईँ
भमराले चुम्द्छ काँडा समाई
लुटिएर झर्दछ उसै माझामा
काँडा पनि मर्दछ आँसु थमाई ।
मर्दैन कहिल्यै उ फुली रहन्छ
सबको ह्र्दयमा डुली रहन्छ
जहाँ मृत्युुको दोसादछ फुलको
त्यही उ निर्दोष भै खुली रहन्छ ।
***
06/01/016, ०७२ पौष २२ बुधबार ।
स. डम्बर धिमाल (प्राकृति)
दुर्गापुरी: मोरङ ।