Prakrity Dhimal

१५. गजल


ह्रदयको मुहान

तिमीले नकुटे पनि दुखाएकै हो ह्रदयको मुहान
नयन भरिको आँसु सुकाएकै हो ह्रदयको मुहान ।

माया गर्छु भनेकै थिए जुनिजुनी तिमीलाई नै
दुखायौ यो मेरो मुटु भुलाएकै हो ह्रदयको मुहान ।

हाँस्न झन् कहाँ सक्छु र, खुशी बाड्न सबैलाई
बसहमा छैन यो मन जुधाएकै हो ह्रदयको मुहान ।

खुशी छैन ह्रदय त्यसैले त बेला रुन्छ जिन्दगी
बाँच्नलाई नि पहिले जुटाएकै हो ह्रदयको मुहान ।

नयन बन्द गरेर भन्न सक्छु प्रीयसी मेरो आधार
तिमी थेंउ त्यतिबेला सुसाएकै हो ह्रदयको मुहान ।
***
-डम्बर धिमाल (प्राकृति)
दुर्गापुरी - मोरङ ।

#अन्य