Kiran Kriss Magar

महान


मिति 2075/08/25
ज्ञानको ज्योति छर्नी पो त महान
सास रहुन्जेल कोसिस गर्नी पो त महान ।।

अरुले चलायको डुङ्गा त जो पनि चढ्न सक्छ हजुर
पौडिएर बर्खे भेल तर्नी पो त महान ।।

पाए सम्मत लुट्नै खोज्छ्न मानिसहरु
दुख पर्दा नजिक सर्नी पो त महान ।।

अरुलाइ बसाई सुनको महलमा
आफू एक्लै झुपडीमा पर्नी पो त महान ।।

आजका युबा युवती हरु प्रेमकै लागि मर्छन
देसकै लागि जन्मिएर मर्नी पो त महान ।।


# किरन मगर
रुकुम नुवाकोट

#अन्य