Prakrity Dhimal

५/मुक्तक:


आफ्नै मनोमानी राष्ट्रियताको गीत गाउछ
राष्ट्रियवादको नाममा आफ्नै हित छाउछ
स्वयगान्त र वियोगान्त जलेर बग्दैछ यहाँ
अस्तित्वको खेलमा हरपल प्रीत दबाउछ ।
***
यसपालि फेरि आयो पोल पोलमा ओलि
जनताको कर मा झुन्डेर समृद्धिको बोली
याद गराइ दियो नाकाबन्दीको पुर्व घटना
देशको सिमामा जनतामाथि चलायो गोलि ।
***
देश सेवक नै किन गर्दैछन भ्रष्टाचार ??
कहाँ हराए मेरो देशको मानवअधिकार
रैती बिनाको नेता जंगली पशु समान हुन्
गरिब दुखि माथि किन गरे धेरै अत्याचार ।
***
-डम्बर धिमाल ( राज दोङ्यें, प्राकृति )
नपा. उर्लाबारी - ८, मोरङ दुर्गापुरी ।

#अन्य