Bhupendra Shrestha
आमा
आमा तिमी गर्दै हौली यतिबेला खेत र बारी
सम्झिएर मलाई आमा रूदैँ हौली आँसु झारी
बन्स काट्न पुग्ने गर्थ्यौ वनपाखा अनि भीरमा
नबोक्नु है ठूलो धेरै कहिल्यै पनि घाँस भारी
बुढेसकालमा सेवा गर्ने रहर हुदाँ हुँदै मनमा
बाध्यताले परदेशीय आमा तिम्लाइ एक्लै पारी
दुई पैसाको जोह हुन्छ भन्दै आमा बिहानसाँझ
पार्नै छाड रक्सी तिमी जेसुकै होस् टाउलो,आरी
हरिनास-१,सालडाँडा
नेपाल