Manish Chhetri
मजबुरी
खुशी भन्ने थोपा छैन पीडामा कराउनु कति
उजाडिएको जिवनमा एक्लै बर्बराउनु कति।
पिडाको कंकाल साचेर मुस्कुराउने गर्छु अझै
मृत्युको प्रवाह छैन जिवनसङ्ग डराउनु कति।
नाता तोडेर जानेहरु कोषौं पर पुगिसके आज
यता खाटो बसेको घाउ घरी घरी चराउनु कति।
तन मन सर्वस्व जलाएर कंकाल हातमा थमाउदा
एकरास खरानिमा आसाको दियो जलाउनु कति।
थाप्नेले बाजि घडिपला दिनमा मारेको छ हजुर
कठै यता जितेको बाजि हरघडी हराउनु कति।
दिलको कुनामा बाँस गर्छु भन्नेलेमन जलाए आज
भावनामा बहकिएर एकोहोरो मन पराउनु कति।
खुशी भन्ने थोपा छैन पिडामा कराउनु कति
उजाडिएको जिवनमा एक्लै बर्बराउनु कति।
मनिश क्षेत्री
कुशे गाउँपालिका ८ जाजरकोट
हाल प्रवास (दोहा )