Symaisa Lama

गजल


एक पछि अर्कोमा माया सराउन जानिन
तिमिले जस्तै सबैलाइ मन पराउन जानिन

मिलन पछि बिछोड जिन्दगीको रित रहेछ
त्यसैले त होला सायद म दराउन जानिन

दुख्छ मुटु तिमी पराइ सङ्ग बोलेको देख्दा
तर धोकेवाज भन्दै पनि कराउन जानिन

सधै तिम्रो मायाको सांसारमा रमाएर होला
तिमी बिना आफैमा कहिल्यै हराउन जानिन

#अन्य