Rukesh Chaulagain

जीवन


पानी पिउन पनि त प्यास हुनुपर्छ
समुन्द्र पुग्ने सानो सहास हुनुपर्छ ।

जीवन कति सुरम्य हुन्थ्यो अझै पनि
आफ्नो भन्ने मान्छे पनि खास हुनुपर्छ ।।

तिमी अझै कति ज्ञानी कति सोझो बन्छौ
भन्छौ सबै संग झिनो विश्वास हुनुपर्छ ।।

थाहा छ पत्थर हो उ हिरा बन्दैन
तर हिरा जस्तै बन्ने प्रयास हुनुपर्छ ।

रामायण र गिता वेद धेरै पढियो
भगवान को मनमा बास हुनुपर्छ ।।

खुसि हुने बहाना तरिका छ यहाँ
दुःखमा नि सुखको आभास हुनुपर्छ ।

#अन्य