Meelan Shrestha

म एक्लो भएछु


हिंड्दा हिंड्दै अल्झिएर लड्न पुगेछु
जिन्दगिमा आज एक्लो बन्न पुगेछु
धेरै छन् मेरा साथी यहि सोच्ने गर्थे
तर हेर्दा हेर्दै आज म एक्लो भएछु।।

छैन मलाइ दु:ख भन्थे रुन पुगेछु
छैन मलाइ निन्द्रा भन्थे निदाउन पुगेछु
हेर्दा हेर्दै आज म तिमी बाट टाढा पुगेछु
अन्यासैमा आज म रुन पुगेछु।।

शून्य यो कोठा हेर्दै दिन बिताउदै छु
आफुलाई एक्लै पाउदा दुखी हुन पुगेछु
बिर्सेछु मैले आज म त एक अभागी हु
अन्यासैमा उसलाई बोलाउन पुगेछु

#उदास