Meelan Shrestha
म अभागी छोरा
जन्मिदै दैबले हजुरको छ्त्र छायां खोसिदियो
हजुरलाई देख्ने अनि माया पाउने अधिकार नै खोसिदियो
कस्तो हुन्छ बाबाको माया मलाई थाहा छैन
त्यो निष्ठुरी दैबले हजुरलाई नै खोसिदियो
बाल्यकाल बित्यो बाबा हजुरको माया बिना
यसरि नै बित्दै छ्न दिन हरु हजुर बिना
कति चोट सहनु भयो ममिले हजुर बिना
जिन्दगी नै अधुरो लाग्छ हजुरको माया बिना
हजुरको मुख हेर्न नपाउने म अभागी छोरा
हजुरको स्पर्श अनि आशिष नपाउने म त्यो कान्छो छोरा
भाग्यले ठगेको होकि भाबीको लेखा हो यो
हजुरको माया नपाउने म अभागी छोरा