Meelan Shrestha
भुल
गल्ती आफ्नै थियो निष्ठुरीलाई चोखो माया गर्नु
सबै बिर्सी जिन्दगी उस्कैलागी जिउन खोज्नु
हो म पागल थिए घन्टाै उस्लाई दोबाटोमा कुर्नु
उस्को एक मुस्कानको लागि आफै मर्न खोज्नु
थाहै भएन कति चाडैं माया बसेछ
सोच्दै नसोची मुटु दिएछु घात भएछ
घरमा आमालाई उनको बारेमा भन्नू गल्ती भएछ
थाहै भएन कति चाडैं मेरो मुटु टुटेछ
आफ्नो भबिस्यको वास्ता नगरी
उनको पछि लाग्नु ठुलो भुल भएछ
मुटु सुम्पेर उनी सङ्ग माया लाउनु
मेरो जिन्दगी कै सबै भन्दा ठुलो भुल भएछ