बिगतकोपलमा जिउनेआधार
बिरही
गजल -
मेरो नाङ्गो गिजाले मकै टोक्न नसकिने भो अब ।
रोगले नि गलायो मलाई खोक्न नसकिने भो अब ।
आफ्नै नाता नातिनी हरु पनि हुर्केर जवान भए
रहर लागेर आउँदा पनि बोक्न नसकिने भो अब ।
सम्झिन्छु अहिले डोकोमा बोकी बुढी खोली तरेको
अहिले झोला राख्ने काँटी ठोक्न नसकिने भो अब ।
मुस्कुराउँदा हिमाल हाँस्ने अनुहार पनि चाउरिए
रसाई बस्छ आँसु आँखामा रोक्न नसकिने भो अब ।
लठ्ठी पनि समाउन छाडियो अनि जिब्रो लर्बरायो
मर्ने बेलामा राम नाम पनि घोक्न नसकिने भो अब ।
बिरही गोकुल बोहरा