Swami Prempujaari Dip

सबै याद तिम्रा गजल बन्न थाले


सबै याद तिम्रा गजल बन्न थाले!
रसाएर आखा सजल बन्न थाले!
म ठोसै थिए किन्तु कर्के नजर्को
निशाना बनायौ तरल बन्न थाले ।
अधिक कर्मचारी र नेताहरु नै
भए भ्रष्ट यिन्कै महल बन्न थाले!
युगै आज आयो अधर्मीहरुको
फटाहा र गुण्डा सफल बन्न थाले!
छ लीला गजब हेर यी सुन्दरीको
सबै वस्त्र त्यागी असल बन्न थाले !।
छ्न्द:- भुजङ्गप्रयात

#माया / प्रेम