Lalit Khadka

आजकालका केटी


नाकमा लाउने मुन्द्री नाइटोमा लाउन थाले केटी
चुलो चौको गर्न छोडी डिस्को धाउन थाले केटी

पहिलेका चेली शिर देखाउन शरम मान्थे अरे
अहिले त अर्धनग्न भइ कट्टी देखाउन थाले केटि

लुगा भए छोटा छोटा एक बित्ते माकुराको जालो
पहिरन बिर्से लुगा देखि किन अघाउन थाले केटि

नारी पुरुष बराबर भन्छन पुरुष शिर पाउ छोप्ने
हेर्दा उस्तै पुरुषको लुगा लाई छकाउन थाले केटी

होस गर पुरुषबर्ग बच्चा जन्माइदेउ नभनलान र
किन कि लोग्नेको हक आफुमा जमाउन थाले केटि

#अन्य