As B In
यस्तै रैछ प्रेम
माया,
पहिला "जी", बिस्तारै "तिमी" र कता कता "तँ" पनि।
त्यसपछी "माया", गाली मै पनि....
अनि एक्कासीको "मौनता" ... "नसाटिएका भावना" र गुम्सिएका "गुनासा"।
फेरि, अचानकका भेट... अफ्ठ्यारा "आँखा जुधाई"..भारी मनका "बिदाई"।
..अनि बाँकी रहन्छन्, उही आकलझुकलका "सन्चै?"
पात्र बदलिन्छन्, कथा चलिरहन्छ......!
!!!!!!!!!