Dxn Motilal Bishwakarma

pida usaiko xa


पिडा उसमै छ ,जो आज सम्म बा भएन
समाजमा खासखुस मात्र हो बच्चा भएन

कारण के होला ? सरकार निसन्तानको
कैयौं निर्दोष दम्पतीलाई थाहा भएन

अर्काको नक्कल गरेर पनि हुन्छ कहिले ?
चङ्गा माथी माथिसम्म उड्यो चरा भएन

जोगिको भेषमा प्रेमिकाको घरैमा पुग्यो
केबल भिक्षा मिल्यो प्रेमको परिक्षा भएन

आफ्नै मातापितालाई रुवाउदै परदेशिएको
उ भन्दै छ देशमा जिउने अबस्था भएन
::::::::Motilal bk

#उदास