Man Ko Mayalu

बाटो फेरेको होईन


Umeshग ज ल

समय नै त्यस्तै थियो, बाटो फेरेको होइन
मोड आएसी मोडियो, बाटो फेरेको होइन

म खुशी हुन चाहन्थे, उ सुख चाहन्थ्थो
बस् सपना फरक देखियो, बाटो फेरेको होइन

दिनेले ठेगाना नै गलत दिएक!ो रहेछ
बल्ल आएर बुझियो ,बाटो फेरेको होइन

म तिमिलाइ चाहान्थे तिमी अरु कसैलाइ
र गन्तव्य सकियो ,बाटो फेरेको होइन

अबिश्वास पुग्यो म मन्दिर पुग्दा नपुग्दै
एक्कासी निभ्यो दियो, बाटो फेरेको होइन

#माया / प्रेम