Symaisa Lama
उदास
गजल
नफुलाको भए बेस हुने रछ मायाका फुलहरु ।
यो मुटुमा सजाएर उसलाई गरेछु ठुलो भुलहरु ।
कुनै दिन मरिमेट्ने मान्छे उ मेरे लागी,,
आज अर्कै अंगाल्यो आँखाबाट रसाउछन मुलहरु ।
नसकिने रैछ तर्न मायारुपी सागर पनि,,
तर्न खोज्दै अघि बढ्दा भत्किदिन्छ पुलहरु ।
जे सोचे जिबनमा त्यो पुरा नभइ दिदा ,,
मन भित्रै गलिसके सपनाका हुलहरु ।।