Kanchhi Ko Kanchho TheeRy
गजल
धेरै नै नारीको अत्यचार भको छ हाम्रो देशमा
एक चोटि हैन लगातार भको छ हाम्रो देशमा
भष्टचार गरेर कसरी चल्छ होला यो देश
आज होईन बारम्बार भको छ हाम्रो देशमा
सम्मान गर्नु पर्ने,नारीको ईज्जत राख्नु पर्ने
तर नारीको नै बलत्कार भको छ हाम्रो देशमा
नारी पुरुष एकै हो भन्छन भन्नत यहाँ सबै
तर किन नारीकै हार भको छ हाम्रो देशमा
राम्रोलाई नराम्रो र नराम्रोलाई राम्रो सोच्ने नियतले
ईज्जत जोगाउन पनि दोधार भको छ हाम्रो देशमा
थिर ब ठकुल्ला(चिन्ना)
डोटी