Jeeban Shrestha

भन्नै पर्छ।।


तिम्रो परिवारले रोजेको मान्छेलाइ हाइ भन्नै पर्छ।
तसर्थ मलाइ तिमिले अब त बाइ भन्नै पर्छ।।

यो मनलाइ एकातिर थाती रखेर एकदिन।
तिम्रो बिहेमा आएर दाम्पत्य जिबनको बधाइ भन्नै पर्छ।।

सम्हालिनु त पर्ने नै छ तिमी होस य म।
यस्तै हो जिन्दगी यो मनलाइ भन्नै पर्छ।।

सुनेका थियौ रोमियो र जुलेटको कथा।
यो मनलाइ तेइ कथाको भर्पाइ भन्नै पर्छ।।

जतिसुकै तिमी जस्तै यो जिद्धी मन भएपनि।
आफ्नो जिन्दगिको बगैँचा बाट बिधाइ भन्नै पर्छ।।

#माया / प्रेम